spot_img
spot_img
spot_img

चीनको युनान प्रान्तमा पहिरोमा कम्तीमा ४७ जना पुरिए

spot_img

काठमाडौं ।

चीनको दक्षिण पश्चिम युनान प्रान्तमा सोमबार बिहान पहिरो जाँदा कम्तीमा ४७ जना पुरिएका छन् । सरकारी सञ्चारमाध्यमहरूले बताएअनुसार जाओतोङ शहरको झेनसिओङ काउन्टीमा उक्त पहिरो गएको हो ।

उद्धारकर्ताहरूले पुरिएका मान्छेहरूको उद्धार सुरु गरेका छन् । यो घटनामा कति जना हताहत भए भन्ने स्पष्ट भइसकेको छैन । यो घटनापछि सो क्षेत्रबाट ५०० भन्दा धेरै जनालाई उद्धार गरिएको थियो । यो घटना स्थानीय समयअनुसार बिहान ५ः५१ बजेतिरको भएको बताइएको छ ।

सरकारी टिभी च्यानल सीसीटिभीले बताएअनुसार यो घटनामा करिब १८ ओटा घरहरू पुरिएका छन् । यो घटना कसरी भयो भनेर अनुसन्धान भइरहेको छ । युनान प्रान्तमा बेला बेलामा पहिरो गइरहन्छ । सन् २०१३ को जनवरीमा पनि पहिरो जाँदा झेनसिओङमा कम्तीमा १८ जनाको ज्यान गएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img