spot_img
spot_img
spot_img

भगौडा सेनालाई लिन आएको म्यानमारको विमान भारतीय सीमामा दुर्घटनाग्रस्त

spot_img

एजेन्सी ।

भारतीय सीमामा म्यानमारको एउटा विमान दुर्घटना भएको छ । विमान म्यानमार सेनाको भएको बताइएको छ । दुर्घटनाको बेलामा विमानमा १४ जना सवार थिए । विद्रोहीहरूको हमलाबाट बच्नका लागि भागेर भारत आएका सेनाहरूलाई फर्काउन उक्त विमान आएको थियो ।

विमान मिजोरममा दुर्घटनामा परेको सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । अवतरणका क्रममा मिजोरम लेंगपुई विमानस्थलमा धावनमार्गबाट चिप्लिएर विमान भीरबाट खसेको थियो । यस घटनामा दुई जना गम्भीर घाइते भएको बताइएको छ । अन्य १२ जनालाई भने सामान्य चोटपटक लागेको छ । घाइतेहरूको लेंगपुई अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

पछिल्लो म्यानमारमा विद्रोही र त्यहाँको सेनाबिच झडप चलिरहेको छ । सेनामाथि विद्रोही भारी हुन थालेपछि सयौँ सेना भागेर भारतीय सीमामा रहेको मिजोरमको ल्वांग्ताई जिल्लामा आएका थिए । दुई दिन अघि २७६ जना सेना ल्वांग्ताई जिल्लामा आइपुगेको समाचारमा उल्लेख छ ।

सेनाको शिविरलाई विद्रोही समूह अराकन आर्मीको लडाकुहरूले कब्जा गरेका थिए । सोमबार १८४ जनालाई म्यानमार फिर्ता लगिएको थियो । बाँकी ९२ जनालाई मंगलबार लगिँदै थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img