spot_img
spot_img
spot_img

अत्यधिक भिडका कारण राममन्दिरमा पहिलो दिनै घायल भए श्रद्धालुहरु

spot_img

एजेन्सी ।

सोमबार अयोध्यामा राम मन्दिरमा रामको मूर्तिको प्राणप्रतिष्ठा भयो । मंगलबार पहिलो दिन सर्वसाधारणका लागि मन्दिरको द्वार खोलिएको थियो । पहिलो दिनमै ठूलो संख्यामा श्रद्धालुहरु दर्शनका लागि पुगे । बिहान तीन बजेदेखि नै मन्दिरको बाहिर श्रद्धालुहरूको भिड लाग्न शुरु भएको थियो । भीड थेगिनसक्नु भएपछि एटीएस र आरएएफका जवानहरुलाई राम मन्दिर परिसरभित्र पठाइयो ।

भीड थेग्न नसकेपछि केही बेर दर्शनमा समेत रोक लगाउनु पर्यो । भीड यति धेरै थियो कि प्रहरीहरूलाई भिड सम्हाल्नै मुश्किल बनेको इन्टरनेटमा भाइरल भइरहेका मन्दिरका भिडयोहरूमा देख्न सकिन्छ । श्रद्धालुहरू सुरक्षा घेरा तोडेर मन्दिर परिसरमा प्रवेश गरिरहेको भिडियोमा देखिएको भन्दै बीबीसी हिन्दीले समाचार पनि लेखेको छ । अर्को एउटा भिडियोमा भने प्रहरी अधिकारीले एक व्यक्तिलाई स्ट्रेचरमा उठाएर मन्दिर परिसरबाट बाहिर लगिरहेको अनि एम्बुलेन्समा हालिरहेको देखिन्छ ।

अहिलेसम्म मन्दिरमा कति श्रद्धालु घाइते भए भन्नेबारे यकिन तथ्यांक आएको छैन ।

मंगलबार गृह विभागका मुख्य सचिव र प्रहरी महानिर्देशक (कानून व्यवस्था) प्रशान्त कुमार राम मन्दिरको गर्भमै थिए । अहिलेसम्म करिब ३ लाखले मन्दिरमा रामको बालक स्वरुपको मूर्तिको दर्शन गरेको बताइएको छ । यति नै संख्यामा मानिसहरु दर्शनको प्रतीक्षामा रहेको बताइएको छ ।

अयोध्यामा भीड नियन्त्रण गर्न कयौँ खाले प्रतिबन्ध लगाइएको छ । बस र रेल बन्द छन् । तर यति हुँदा हुँदै पनि लाखौंको संख्यामा श्रद्धालु त्यहाँ छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img