spot_img
spot_img
spot_img

राष्ट्रपतिद्वारा संसद्‌को हिउँदे अधिवेशन आह्वान

spot_img

काठमाण्डौ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । उहाँले यही माघ २२ गते सोमबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो ।

राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त दिन ४ बजे सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषद्ले सदनको बैठकका निम्ति यही माघ ९ गते राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img