काठमाण्डाै ।
आजदेखि श्री स्वस्थानी व्रत कथा सुरु भएको छ । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधिपूर्वक माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन शुरु गर्दैछन् । आज पुस शुक्ल पूर्णिमा देखी माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा देशका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ ।
शक्तिपीठहरुमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा पूजा आराधना गर्ने गरिन्छ । पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ ।
बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने, सुनाउने परम्परा छ ।