spot_img
spot_img
spot_img

अमेरिकामा विश्वमै पहिलो पटक नाइट्रोजन ग्यास प्रयोग गरेर मृत्युदण्ड दिइयो

spot_img

एजेन्सी ।

अमेरिकाको एलाबामा राज्यमा हत्या आरोपमा दोषी ठहर भएका एक व्यक्तिलाई नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएको छ । ५८ वर्षीय केनेथ युजिन स्मिथलाई सन् १९८९ मा एलिजाबेथ सेनेटको हत्यामा दोषी ठहर गरिएको थियो।

विश्वमै नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएकाे यो पहिलो घटना भएको बीबीसीले जनाएको छ । सन् १९८८ को मार्चमा एक हजार डलर पाउने आशमा एलिजाबेथ सेनेटको हत्या गरेको घटनामा स्मिथ र अर्का एक व्यक्ति दोषी ठहर भएका थिए ।

अन्तिम मिनेटको अपिलमा हारेपछि उनलाई नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएको हो । स्मिथका वकिलहरूले क्रूर र असामान्य सजाय भन्दै अमेरिकी सर्वोच्च अदालत र पुनरावेदन अदालतमा अपिल गरे पनि अदालतले ती अपिलहरु अस्वीकार गरेको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img