काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाले हानीकारक अखाद्य रङ मिसाइएको कटन क्याण्डी बालबालिकालाई लक्षित गरेर बेच्न रोक लगाएको छ । बालबालिकालाई लक्षित खुला रुपमा बेचिने कटन क्यान्डी (मिठाइ) को नमूना संकलन गरेर महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले परीक्षणको लाग पठाएको थियो । गत २९ पुसमा राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा परीक्षणका पठाएकोमा ‘रोडामीन बी’ नामक अखाद्य रङ्ग मिसाइएको पाइएको हो ।
गुणस्तर नभएका खानेकुरा बेचबिखन गरेको पाइएमा बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा ३० ले दिएको अधिकार प्रयोग गरेर ५ हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म जरिवाना गरिने महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागले जनाएको छ ।