spot_img
spot_img
spot_img

मोबाइल फोनले बिगार्दैछ सम्बन्ध!

spot_img

एजेन्सी ।

विवाह होस् वा प्रेम सम्बन्ध, कुनै पनि सम्बन्धमा उतारचढाव आउँछ । सम्बन्धमा अनेकौँ चुनौतीहरू आउँछन् । नेशनल ओपिनियन रिसर्च सेन्टरले गरेको एउटा सर्वेक्षणमा ६० प्रतिशत सहभागीहरूले आफ्नो सम्बन्धबाट खासै  सन्तुष्ट नभएको बताएका थिए । सर्वेक्षणका अनुसार सम्बन्धमा धेरै किसिमको समस्याहरूको सामना गर्नु परिरहेको उनीले बताएका थिए ।

घर र काम जिम्मेवारी बिच तालमेल मिलाउन गाह्रो भइरहेको, बालबालिका हुर्काउन चुनौती भइरहेको, पैसा सम्बन्धी समस्या र विवादहरू हुने गरेको अनि सम्बन्धमा पर्याप्त घनिष्ठता नभएको वा यौन जीवन निरस भएको बताएका थिए ।

यी सबै सयौँ वर्षदेखि चल्दै आएका चुनौतीहरू थिए । अब यसमा अर्को नयाँ नाम थपिएको छ– ‘मोबाइल फोन’ ।  हो, पति–पत्नीको मोबाइल फोन नयाँ तगारो बनेको छ । साइन्स डाइरेक्ट डट कममा प्रकाशित एक अध्ययनअनुसार मोबाइल फोन सम्बन्ध बिग्रने देखि टुट्नेसम्मको कारण बनिरहेको छ ।

फबिङ अर्थात् पार्टनरभन्दा मोबाइल फोनलाई माया गर्नु हो । कसैले फोन वा अन्य मोबाइल डिभाइसमा ध्यान दिन आफ्नो पार्टनरलाई बेवास्ता गर्नु हो । सरल शब्दमा भन्दा आफ्नो पार्टनरसँग कुरा गरिरहँदा आँखा फोनमा गाडिरहने, फोनमा गेम खेल्नमै व्यस्त रहने आदि नै फबिङ हो ।

रिसर्चगेटको अर्को अध्ययनका अनुसार मोबाइल फोनको लतले दम्पतीबिचको तनाव र दूरी निम्त्याइरहेको छ । यस अध्ययनमा सहभागी ७० प्रतिशतले मोबाइलकै कारण आफ्नो पार्टनरसँग पूर्णरूपमा जोडिन नसकेको बताएका थिए । साथमै भए पनि उनीहरू सम्पूर्ण रूपमा सँगै थिएनन् ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img