देवदह । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) देवदह नगर कमिटीको दोश्रो अधिवेशनबाट अध्यक्षमा केशव भट्टराई निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनको मत परिणाम आए सङ्गै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षमा ७ जनाले उम्मेदवारी दिएपनी नामावली फिर्ता लिने समयमा अन्य ४ जनाले उम्मेदवारी फिर्ता लिएपछि केशव भट्टराई, कृष्ण पौडेल र बिष्णु अर्याल बिच चुनावी प्रतिस्पर्धा भएको थियो। निर्वाचित भएका भट्टराईले ११८ मत प्राप्त गरेका छन् । त्यस्तै अध्यक्षका उम्मेदवार कृष्ण पौडेलले ५४ मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का उम्मेदवार बिष्णु अर्यालले ४८ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा कोष बहादुर गुरुङ निर्वाचित भएका छन् । निर्वाचित भएका गुरुङले १०८ मत प्राप्त गरेका छन् ।उनका प्रतिस्पर्धी सम्झना डुबेले ३५, पिताम्बर खरेलले ३३, मन बहादुर चौधरीले १९ र धन बहादुर सुनारले १८ मत प्राप्त गरेका छन् ।
त्यस्तै नगर सचीव पदमा गणेश डुम्रे निर्वाचित भएका छन् । सचीव पदमा निर्वाचित भएका डुम्रेले ९५ मत प्राप्त गरेका छन् । सचीव पदका उम्मेदवार अजय रौनियारले ७३ मत र जगन्नाथ अधिकारीले ४२ मत प्राप्त गरेका छन्।
उपसचिव पदमा चन्द्रकान्त खरेल (ध्रुव) निर्वाचित भएका छन् । उपसचिव पदमा निर्वाचित खरेलले ८८ मत प्राप्त गरे। उपसचिव पदका अर्का उम्मेदवार घनश्याम भण्डारीले ५९ मत, दाताराम अर्यालले ३४ मत र खेम बहादुर चौहानले १० मत प्राप्त गरे। उपसचिव पदका लागि महिला तर्फ यस अघि नै अन्जु श्रेष्ठ निर्विरोध निर्वाचित भएकी थिन भने नगर सदस्य पदमा समेत पनि सर्वसम्मत निर्वाचित भैसकेका निर्वाचन मण्डलले जनाएको छ ।