spot_img
spot_img
spot_img

आज शहीद दिवस विविध कार्यक्रम गरि मनाइँदै

spot_img

काठमाण्डौ ।

आज शहीद सप्ताहको अन्तिम दिन शहीद दिवस । देश र जनताको हक अधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा आज विभिन्न कार्यक्रम गरी आज शहीद दिवस मनाइँदैछ ।

प्रत्येक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म शहीद सप्ताह मनाउने गरिन्छ । जहानियाँ राणा शासन विरुद्ध विद्रोह गर्ने चार शहिदले शहादत प्राप्त गरेको अवधि माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाउने गरिएको हो ।

शहीद शुक्रराज शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकुस्थित पचलीमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो भने धर्मभक्त माथेमालाई सिफलमा माघ १३ गते झुण्ड्याएको थियो । यस्तै गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा गोली हानी मारिएको थियो ।

देशका यी महान सपुतहरुको सम्झनामा हरेक वर्षको माघ १६ गतेलाई शहीद दिवसका रुपमा मनाउने चलन २०१० सालदेखि शुरु भएको हो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img