देवदह ।
रुपन्देहीको देवदह नगरपालिका–९, भलुहीको वाघकुमारमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ श्रृङ्गारिक महाआरति महोत्सव शुरु भएको छ । दुर्गा मन्दिर व्यवस्थापनको समितिको आयोजनामा महायज्ञ शुरु भएको हो। महायज्ञको एक कार्यक्रमका वीच १००८ विवेकानन्द सरस्वती महाराज जीले उद्घाटन गर्नु भएको हो ।
दुर्गा मन्दिरको भौतिक पुर्वाधार निर्माण गर्ने गरी महायज्ञको आयोजना गरेको मूल आयोजक समितिका संयोजक रुद्रबहादुर कुवरले बताउनु भयो। महायज्ञमा करिव १ करोडको आर्थिक कारोवार गर्ने र करिव ४० लाख बचाउने उद्देश्यका साथ लागिरहेको उहाले बताउनुभयो । महायज्ञ शुरु हुनु भन्दा अगाडि देवदह नगरपालिका–१०, भलुहीमा रहेको कामधेनु गौशालाबाट शुरु भएको कलश यात्रा मन्दिरमा आएर सभामा परिणत भएको थियो । कलश यात्रामा स्थानीय आमा समुह, क्लव, विभिन्न सामाजिक व्यक्तिहरुको सहभागिता रहेको थियो ।
महायज्ञको उद्घाटन गर्दै महाराज जीले धर्म, संस्कार, संस्कृतिको संरक्षणमा सवै लाग्नु पर्नेमा जोड दिनु भयो । उहाले अध्यात्मिक चिन्तनले मात्र शान्ति प्राप्त गर्न सकिने बताउदै सन्ततीलाई संस्कार सिकाउन आवश्यक रहेकोमा जोड दिनु भयो । उहाले संस्कार नभएको सम्पति र सन्ततीको कुनै अर्थ नहुने बताउदै सन्ततीलाई राम्रो संस्कार प्रदान गर्न अभिभावक लाग्नु पर्ने बताउनुभयो ।