spot_img
spot_img
spot_img

देवदहको ढेकावरमा अस्थायी प्रहरी चौकीको नवनिर्मित भवन उद्घाटन

spot_img

रुपन्देही ।। रुपन्देहीको देवदह १ ढेकावरमा रहेको अस्थाई प्रहरी चौकको नवनिर्मित कार्यालय भवनको उद्घाटन भएको छ। चौकीको हाता भित्र आज एक कार्यक्रमका बिच देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले उक्त नवनिर्मीत भवनको बिधिवत रुपमा उद्घाटन गर्नुभएको हो ।

भवन उद्घाटन गर्दै नगर प्रमुख खरेलले शान्ति विना देश समाजको विकास हुन नसक्ने देवदह नगरपालिकाका प्रमुख धु्रवप्रसाद खरेलले बताउनुभयो । उहाले समाजमा हुने अपराध नियन्त्रण गर्न प्रहरी प्रशासनको मात्र नभई आमनागरिकको समेत दायित्व भएकोमा जोड दिनु भयो । नगर प्रमुख खरेलले देवदह नगरपालिका–१, ढेकावरमा अस्थाई प्रहरी चौकी स्थापना भएसंगै यस क्षेत्रमा हुने अपराधिक क्रियाकलाप न्यूनिकरण गर्न सहज भएको बताउनु भयो । उहाले देवदह क्षेत्रमा धेरै अपराधिक क्रियाकलाप हुने भएकोले त्यसलाई न्यूनिकरण गर्नको लागि देवदहमा ईलाका प्रहरी कार्यालय आवश्यक रहेको औल्याउदै त्यसको लागि पहल गरिदिन लुम्विनी प्रदेश प्रहरी कार्यालयका प्रमुख कुवेर कडायतलाई आग्रह गर्नु भयो । उहाले लागु औषध, विभिन्न अपराधिक क्रियाकलाप अन्त्यको लागि देवदह क्षेत्रका केही स्थानमा प्रहरी विट राख्न आवश्यक रहेको बताउनु भयो ।

सोही अवसरमा बोल्दै उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले नागरिक र प्रहरीको सहकार्यले मात्र शान्ति कायम गर्न सकिनेमा जोड दिनु भयो । उहाले पछिल्लो समय देवदह क्षेत्रमा चोरीका घटनाहरु बढिरहेको बताउदै चोरीका घटना न्यूनिकरण गर्न र चोरी गर्नेलाई प्रक्राउ गरी कार्यवाही गर्न प्रशासन लाग्नु पर्नेमा जोड दिनु भयो ।

यसैगरी लुम्विनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक कुवेर कडायतले नागरिकको प्रहरी प्रति विश्वास बढ्ने गरी काम गर्नुपर्नेमा जोड दिनु भयो । उहाले प्रहरी सुरक्षित भएमात्र नागरिक र समाजको सुरक्षा प्रदान गर्न सकिनेमा जोड दिनु भयो । उहाले सुरक्षा प्रदान गर्न प्रहरी प्रशासनको काम भएकोले नागरिक प्रति उत्तरदायित्व भएर सेवा प्रदान गर्न आग्रह गर्नु भयो । उहाले नागरिक र प्रहरी प्रशासनको सहकार्यले मात्र शान्ति सुरक्षा कायम गर्न सकिने बताउदै लुम्विनी प्रदेशको सुरक्षाको काममा लागिरहेको दावी गर्नु भयो।

कार्यक्रमको उदेश्य वारे प्रकाश पार्दै रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक भरत विकले देवदहको शान्ति सुरक्षा कायम गर्नको लागि अस्थाई प्रहरी चौकी स्थापना गरिएको बताउनु भयो । उहाले देवदह नगरपालिकाको करिव १८ लाखको लागतमा प्रहरी चौकीको भवन निर्माण गरिएको जानकारी दिनु भयो ।

रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक भरत विकको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी धु्रवबहादुर कुवर, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल लगायतले आ–आफना भनाई राख्नु भएको थियो । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक दिपेन्द्र बानियाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img