काठमाडौं ।
सरकारले अघि बढाएको मिडिया काउन्सिल तथा आमसञ्चार विधेयकबारे प्रेस काउन्सिल नेपालले चासो देखाएको छ । आज बिहीबार काठमाडौंमा सरोकार वालाहरुसँग प्रेस काउन्सिल नेपालले मिडिया काउन्सिल तथा आमसञ्चार विधेयकको सम्बन्धमा छलफल गरेको हो ।
सरकारले मिडिया काउन्सिल विधेयक, आमसञ्चार सम्बन्धी विधेयक परिमार्जन नगरी अगाडि बढाउनु नहुने विज्ञहरुले सुझाव दिँदै आएका छन। अध्यक्ष बस्नेतले प्रेस काउन्सिल ऐन अथवा प्रेस काउन्सिल नेपालाई मजबुत र अधिकारसम्पन्न बनाउनेगरी विधेयक आउनुपर्नेमा जोड दिनुभयो । सकारले प्रेस काउन्सिललाई बलियो बनाउन ध्यान दिनुपर्ने उहाँको भनाई छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??