spot_img
spot_img
spot_img

देवदह मा जारी दोश्रो संगम खुल्ला वडास्तरीय भलिवल कप अन्तर्गत विभिन्न खेलहरु सम्पन्न

spot_img

देवदह ।

रुपन्देहीको देवदह नगरपालिका–३, मा संचालित दोश्रो संगम खुल्ला वडास्तरीय भलिवल कप–२०८० अन्र्तगत विभिन्न खेलहरु सम्पन्न भएको छ । प्रतियोगिता अन्र्तगत पहिलो चरणको खेल सम्पन्न भई दोश्रो चरणको खेल शुरु भएको खेल संयोजक मिलन थापाले जानकारी दिनुभयो ।

प्रतियोगिता अन्र्तगत भएको पहिलो खेलमा कालिगण्डकी स्याङ्गजा विजयी भएको छ । कालिगण्डकी स्याङ्गले माकर बर्दघाटलाई हराउदै विजयी भएको हो । खेलमा कालिगण्डकीले २५–१६, १५–५ मा दुई सेट जित्दै विजयी भएको हो । यता माकर बर्दघाटले २५–१४ मा एक सेट जितेपनि खेलबाट बाहिरीएको छ । प्रतियोगिता अन्तर्गत दोश्रो खेलमा देवदह नगरपालिका–५, विजयी भएको छ । खेलमा स्याङ्गजा कारिकोटलाई हराउदै देवदह–५, विजयी भएको हो । खेलमा पहिलो सेट २५–१७ मा देवदह–५, लाई हराउदै अग्रता लिएका स्याङ्गजा कोरिकोट बाकी दुई सेटमा जित निकाल्न नसकेपछि खेलबाट बाहिरीएको छ । खेलमा देवदह–५, ले स्याङ्गजा कारिकोटलाई २५–१७, १५–१२ मा हराउदै विजयी भएको हो । त्यस्तै कालीगण्डकी र देवदह ७ बिच भएको खेलमा २०-२५-२५-२०२-१५ ले पराजित गर्दै देवदह ७ क्वार्टर फाइनलमा प्रवेश गरेको छ।

संगम युवा क्लव देवदह–३, को आयोजना, देवदह नगरपालिका–३, वडा कार्यालयको सहयोगमा भएको प्रतियोगिताका विजेताले नगद ५० हजार ५५५ ट्रफी प्राप्त गर्ने छ । प्रतियोगितामा द्धितिय हुने टिमले नगर ३० हजार ३३३ ट्रफी र तृतिय हुने टिमले नगद १५ हजार १५५ रुपैया प्राप्त गर्ने क्लवका सचिव प्रितम थापाले जानकारी दिनु भयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img