देवदह ।
रुपन्देहीको देवदह नगरपालिकाका मेलमिलाप कर्ताहरुलाई मिलमिलाप सम्बन्धि २ दिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ ।
न्यायिक समितिको आयोजनामा गरिएको तालिम बिहीबार एक कार्यक्रमका बीच सम्पन्न भएको हो । नगर भित्रका ६६ जना मेलमिलापकर्ता सहभागी रहेको तालिमको सहजीकरण पुर्वन्याधिवाक्ता खुमाकान्त पौडेल र सुवर्णप्रसाद खनालले गर्नुभएको थियो ।
तालिममा स्थानिय सरकार संचालन ऐन २०७४ अनुसार गठित न्यायीक समिती तथा मेलमिलाप कर्ताहरुलाई सामाजिक न्याय, कार्य सम्पादन र सहजीकरण सम्बन्धि विषयमा प्रशिक्षण गरिएको थियो ।
तालिमको समापन कार्यक्रममा बोल्दै न्यायीक समिति संयोजक तथा नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङले मेलमिलापको क्षेत्रमा क्रियाशील मेलमिलापकर्ताहरुको क्षमता अभिबृद्धिका लागि यस तालिमले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो। उहाले नगरबासी सबैलाई न्यायको प्रत्याभुत गराउने गरी न्यायीक समितिले कार्य गरेको बताउनुभयो ।
कार्यक्रम नगरपालिकाको न्यायीक समिति संयोजक विद्या लक्ष्मी गुरुङको अध्यक्षता र कर्मचारी तिर्थ खानलको सञ्चालनमा सम्पन्न भएको थियो ।