spot_img
spot_img
spot_img

भारतले मोबाइल फोनका मुख्य कम्पोनेन्टहरूको आयात शुल्क घटायो

spot_img

एजेन्सी ।

भारत सरकारले मोबाइल फोनको मुख्य भागको आयातमा भन्सार महसुल १५ प्रतिशतबाट १० प्रतिशतमा कटौती गरेको संघीय सरकारले बताएको छ । अर्थ मन्त्रालयको राजश्व विभागले यससम्बन्धी आधिकारिक सूचना जारी गरेको हो । भन्सार महसुल घटाइएका वस्तुहरूमा स्क्रु, सिम सकेट, ब्याट्री कभर, मेन कभर, जीएसएम एन्टेना वा मोबाइल फोनका मेकानिकल वस्तुहरू समावेश छन् । इण्डिया सेलुलर एण्ड इलेक्ट्रोनिक्स एसोसिएसन (आईसीईए) ले भारत र अन्य प्रमुख मोबाइल फोन उत्पादक देशहरूमा लगाइने आयात शुल्कमा ठूलो भिन्नता रहेको भन्दै संघीय सरकारसमक्ष प्रतिवेदन बुझाएपछि यो निर्णय गरिएको हो ।

आईसीईए प्रतिवेदनमा मोबाइल फोनका कम्पोनेन्टमा उच्च भन्सार महसुलले अन्तिम उत्पादनको मूल्य बढेको उल्लेख गरेको थियो । यो कदमलाई भारतको मोबाइल फोन उत्पादन सुविधाहरू थप प्रतिस्पर्धी बनाउन योग्य बनाउने बताइएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img