रुपन्देही ।
रुपन्देहीको देवदह–३, सेमरहानामा संचालित दोश्रो संगम खुल्ला वडास्तरीय भलिवल प्रतियोगिता–२०८० को उपाधी न्यू देवदहले हात पारेको छ । संगम युवा क्लवको आयोजना, चाहना आामा समुहको सह आयोजना र देवदह नगरपालिका–३को आर्थिक सहयोगमा उक्त प्रतियोगिता भएको हो ।
प्रतियोगिताको फाईनल खेलमा कालिगण्डकी स्याङ्गजालाई हराउदै न्यू देवदहले उपाधी हात पारेको हो । उपाधी हात पारेसंगै न्यू देवदहले नगद ५० हजार ५५५, ट्रफी प्राप्त गरेको छ। फाईनल खेलमा कालिगण्डकी स्याङ्गजालाई २५–२१, २५–१३, २५–२३ मा तिन सेट जित्दै न्यू देवदहले उपाधी जित्न सफल भएको हो । उक्त खेलमा कालिगण्डकी स्याङ्गजाले २५–१९ मा एक सेट जित्दै उपविजेता बनेको छ । उपविजेता बने संगै कालिगण्डकी स्याङ्गजाले नगद ३० हजार ३३३ रुपैया, ट्रफी प्राप्त गरेको छ । कालिगण्डकी स्याङ्गजा सेमिफाईनल खेलमा तिलोत्तमा–८, लाई हराउदै फाईनलमा प्रवेश गरेको थियो भने न्यू देवदहले सेमिफाईनल खेलमा देवदह–५, लाई हराउदै फाईनलमा प्रवेश गरेको थियो ।
प्रतियोगितामा देवदह–५, तृतिय भएको छ । तृतियको लागि भएको खेलमा तिलोत्तमा–८, लाई हराउदै देवदह–५, तृतिय भएको हो । देवदह–५, ले तृतिय भएसंगै नगद १५ हजार १५५ रुपैया, ट्रफी प्राप्त गरेको छ ।