काठमाडौं ।
आज विश्व क्यान्सर दिवस नेपालमा पनि विभिन्न सचेतनामुलक कार्यक्रम गरेर मनाइँएको छ । क्यान्सर दिवस हरेक वर्ष फेब्रुअरी ४ मा मनाइन्छ । ‘बढ्दैछ चुनौति क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका साथ यस वर्ष नेपालमा पनि विभिन्न सचेतनामुलक कार्यक्रम गरेर यो दिवस मनाईएको हो ।
नेपालमा वार्षिक २० देखि ३० हजारसम्म क्यान्सरका नयाँ बिरामी थपिने गरेको डरलाग्दो तथ्यांक छ । त्यसमध्ये १२ देखि १८ हजारको मृत्यु त्यसै वर्ष हुन्छ । यस्तै नेपालमा हरेक दिन ४० जनाको क्यान्सर रोगका कारण मृत्यु हुने गरेको छ ।
क्यान्सर नसर्ने रोग भएको हुँदा यसबाट जोगिन सुर्तीजन्य पदार्थको सेवन नगर्ने, सँधै शारिरिक व्यायाम गर्ने तथा स्वच्छ तथा सन्तुलित खानामा ध्यान दिनुपर्ने चिकित्सक बताउँछन् ।