spot_img
spot_img
spot_img

सन् १९५८ को विश्वकपको फाइनल खेल्ने जीवित एकमात्र खेलाडीको पनि निधन

spot_img

एजेन्सी ।

फिफा विश्वकप फुटबल प्रतियोगिताको छैटौँ संस्करण सन् १९५८ मा स्वीडेनमा आयोजना भएको थियो । त्यो विश्वकपको फाइनल खेल्ने एकमात्र जीवित खेलाडी कर्ट ह्यामरिनको पनि निधन भएको छ । ह्यामरिनको ८९ वर्षको उमेरमा आइतबार राति निधन भएको समाचारमा जनाइएको छ ।

यद्यपि, उनको निधनको समाचार सोमबार मात्र सार्वजनिक गरिएको हो । स्वीडीस फुटबल महासंघले पनि उह्यामरिनको निधनको समाचारको पुष्टि गरेको छ। महासंघले उनीप्रति श्रृद्धाञ्जली पनि अर्पण गरेको छ । उनको मृत्यूको कारण भने खुलाइएको छैन । स्वीडेनका प्रभावशाली खेलाडी ह्यामरिनको निधनसँगै सन् १९५८ को फिफा पुरुष विश्वकपको फाइनल खेल्ने कुनै पनि खेलाडी अब जिवित छैनन् । ब्राजिल र स्वीडेन उक्त विश्वकपको फाइनलमा पुगेका थिए ।

प्रतियोगिताको फाइनलमा दक्षिण अमेरिकी राष्ट्र ब्राजिलले घरेलु टोली स्वीडेनलाई ५–२ गोलले हराएको थियो । ह्यामरिनको जन्म सन् १९३४ को नोभेम्बर १९ मा इटालीको फ्लोरेन्समा भएको थियो । उनी सन् १९५३ देखि सन् १९६५ सम्म स्वीडेनको राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य थिए । आफ्नो समयका प्रभावशाली विंगर ह्यामरिनले आफ्नो ब्यवसायीक खेलजीवनको अधिकांश समय इटालीमा बिताएका थिए । उनले इटालियन क्लब युभेन्ट्स, फियोरेन्टिना, एसी मिलान र नापोलीबाट लामो समय ब्यवसायीक फुटबल खेलेका थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img