काठमाण्डौ ।
नेपाली काँग्रेसले पार्टी कार्यालयमा आजदेखि तीन दिन झण्डा आधा झुकाउने निर्णय गरेको छ। पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनमा नेपाली काँग्रेसले पार्टी कार्यालयमा तीन दिन झण्डा आधा झुकाउने निर्णय गरेको हो।
मंगलबार बसेको पार्टी केन्द्रीय समितिको आकस्मिक बैठकले बुढाथोकीको निधनमा आजदेखि माघ २५ गतेसम्म केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा झुकाउने र पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको हो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??