spot_img
spot_img
spot_img

ह्वाट्सएपमा आयो नयाँ फिचर!

spot_img

काठमाण्डौ ।

म्यासेजिङ एप ह्वाट्सएप लोकप्रिय एप हो । हरेकको मोबाइलमा यो एप पाउन सकिन्छ । ह्वाट्स एप, फेसबुक र इन्ष्टाग्राम एउटै कम्पनीको प्रडक्ट हो । केही युजरहरुलाई फेसबुक र इन्ष्टाग्राममा स्टोरी शेयर गर्न मन पराउँछन् । केही भने ह्वाट्स एप स्टाटस राख्न मन पराउँछन् । फेसबुक फोटो स्ट्याटस, भिडियो शेयर गर्ने ठाउँ ह्वाट्सएप हो । ह्वाट्सएप भने हामी संवादका लागि चलाउँछौँ ।

दुवै फरक फरक प्रयोजनका एप हुन् । तर दुबैमा एउटा सुविधा छ । २४ घण्टाका लागि आफ्नो अडियन्सहरुलाई तपाई टेक्ष्ट, फोटो वा भिडियो शेयर गर्न सक्नु हुन्छ । यसलाई हामी ह्वाट्सएमा स्ट्याटस र फेसबुकमा स्टोरी भन्छौँ । रोचक कुरा त के हो भने केही युजर दुवै प्लेटफर्ममा एउटै कन्टेन्ट शेयर गर्छन् । तर दुबैमा छुट्टा छुट्टै शेयर गर्नु पर्थ्यो । तर अब ह्वाट्सएपले आफ्नो युजरहरुलाई स्टेटस सिधै फेसबुक स्टोरीमा शेयर गर्ने अनुमति दिएको छ ।

यसका लागि तपाईँले सुरुमा आफ्नो सामाजिक सञ्जालको एकाउन्टलाई ह्वाट्सएपमा लिंक गर्नु पर्नेछ । स्टेटस प्राइभेसी सेटिङमा ‘शेयर माई स्ट्याटस एक्रस माई एकाउन्ट्स’ अप्शनलाई सेलेक्ट गरेर यो गर्न सकिन्छ । यो फिचर एक्टिभेट भएपछि तपाईँले आफ्नो स्ट्याटस दुवै प्लेटफर्ममा एकै पटक शेयर गर्न सक्नु हुन्छ । छुट्टा छुट्टै पोष्ट गर्ने झन्झटबाट मुक्त भइनेछ । फेसबुक एकाउन्ट पुष्टि गरेपछि ह्वाट्सएपमा स्ट्याटस अपडेट क्रियट गर्न सकिन्छ अनि एप बाहिर नआइकन सिधै फेसबुकको स्टोरीमा शेयर गर्ने अप्शन सेलेक्ट गर्न सकिन्छ ।

-एजेन्सीको सहयोगमा

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img