spot_img
spot_img
spot_img

देवदहमा आजदेखि व्यापार मेला लाग्दै : मेलाको मन्त्री खनालद्वारा उद्घाटन गरिने

spot_img

देवदह ।

रुपन्देहीको देवदहमा आजदेखि आठौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव लाग्ने भएको छ । देवदह उद्योग बाणिज्य संघ रुपन्देहीको आयोजनामा आजदेखि फागुन ८ गतेसम्म संचालन हुने महोत्सवको सबै तयारी पूरा भएको छ ।

महोत्सवमा प्रवेशद्वारा, सचिवालय, बाल उद्यान, स्टल निर्माण लगायतको निर्माणकार्य अन्तिम चरणमा पुगेको मेला आयोजक मुल समितिका संयोजक तथा बाणिज्य संघका अध्यक्ष हरि भण्डारीले जानकारी दिनुभयो । उहाँले अहिलेको मेलालाई विशेष बनाउने अभियान अन्तरगत महोत्सवका लागि आवश्यक तयारीहरु पुरा भएको र अन्तिम चरणमा पुगेको बताउनुभयो । मेलामा गुरुग, मगर समुदायको कुडुले घर, सेल्फी स्टेन, पाँच फिटको बुद्धमुर्ति लगायतका आकर्षकहरु राखिएको जानकारी दिनुभयो ।

मेलामा होटल, कृषि, विद्यालयका विज्ञान प्रर्दशनी स्टल लगायतका अन्य गरि दुई सय स्टलहरु रहने उहाले बताउनुभयो। उहाँले मेलाको एक लाख दर्शकले अवलोकन गर्नेे र दश करोड बरावरको कारोवार हुने लक्ष्य रहेको बताउनुभयो । मेला सम्पन्न गर्दासम्म १० लाखबढी खर्च लाग्ने अनुमान गरिएको छ। आज बिहीबारदेखि लाग्ने मेलाको स्वास्थ्य मन्त्री राजु खनालले दिउँसो एक बजे उद्घाटन गर्नु हुने छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img