चितवन ।
चितवनको भरतपुर महानगरपालिका कि प्रमुख रेनु दाहालले ट्राफिक सप्ताह २०८० को उद्घाटन गर्नुभएको छ । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरले बिहिबार आयोजना गरेको ट्राफिक सप्ताहको दाहालले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले ट्राफिक नियम पालना गर्न सबै नागरिकको आ-आफ्नो ठाउँबाट जिम्मेवार बन्नुपर्ने बताउनुभयो । दुर्घाटन हुनु दर्दनाक विषय भएकाले सबै जना सचेत बन्नुपर्नेमा उहाँको जोड थियो । सडक दुर्घटना सडक साघुरो, कच्ची र फराकिलो तथा सुविधा सम्पन्न हुदाँ पनि हुने भएकाले सबै आफ्नो ठाउँबाट सचेत र जिम्मेवार हुनुपर्ने उल्लेख गर्नुभएको थियो ।