काठमाण्डौ ।
मिडियाहरुलाई व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । शुक्रबार प्रेस काउन्सिल नेपालको आयोजनामा युट्युबसहित सामाजिक सञ्जालको मिडियामा प्रभाव विषयक सम्पादक संवादमा बोल्दै सरोकारवालाहरुले मिडियाहरुलाई व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिदै उनीहरुले मिडियाहरु आर्थिक रुपमा संकटपूर्ण रहेको उल्लेख गर्दै मिडियालाई संकटबाट जोगाउनुपर्ने समेत बताएका छन् ।
कार्यक्रममा बोल्दै विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले मिडियाका सामग्रीहरु निःशुल्क रुपमा दिनाले मिडियाहरु आर्थिक संकटमा फसेका भन्दै मिडियाले सशुल्क मात्रै सामाग्री दिनुपर्ने बताउनुभयो । पत्रकार किशोर नेपालले मिडियाहरु सरकारले नियन्त्रण गर्ने खालको कानून ल्याउँदा पनि प्रतिरोध गर्न नसक्ने अवस्थामा रहेका बताउनुभयो ।पत्रकार प्रतिक प्रधानले नयाँ प्लेटफर्म युट्युबबाट पत्रकारिता गर्न चाहानेहरुलाई पनि सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै, नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष बद्री सिग्देलले नयाँ, पुराना सबै मिडियाहरु फस्टाउन पाउनुपर्ने बताउनुभयो । उहाँले सामाजिक सञ्जाल नयाँ मिडिया भएको उल्लेख गर्दै यसलाई व्यवस्थित र नियमन गर्दै जानुपर्नेमा जोड दिनुभयो ।