भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर २८ को आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गर्नुभएको छ । शुक्रबार एक कार्यक्रमका बीच प्रमुख दाहालले एक तले सुविधा सम्पन्न स्वास्थ्य केन्द्रको उद्घाटन गर्नुभएको हो ।
भरतपुर महानगरपालिकाको एक वडा एक स्वास्थ्य संस्थाको नीति अनरुप २८ नम्बरमा पनि स्वास्थ्य केन्द्र निर्माण गरिएको थियो । नम्बर २८ मा स्वास्थ्य केन्द्रको आफ्नै भवन नहुँदा वडा कार्यालय भवनबाट स्वास्थ्य सेवा दिदै आइरहेको थियो ।
स्वास्थ्य चौकीबाट आधारभूत स्वास्थ्य सेवाहरु लिन सकिने महानगरका स्वास्थ्य शाखा प्रमुख दिपक सुवेदीले जानकारी दिनुभयो । भरतपुर महानगरपालिकामा वडा नम्बर २, १२ र १९ बाहेक २९ वटा वडामा आफनै भवन रहेको सुवेदीले बताउनुभयो ।