देवदह ।
देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालय देवदह ५ ले विभिन्न कार्यक्रम गरी २२ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाउने भएको छ । विद्यालयले पत्रकार सम्मेलनको आयोजना गरी विविध कार्यक्रम गरी बार्षिकोत्सव मनाउने जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरेले विद्यालयले हरेक बर्ष वार्षिकोत्सवको अवसर पारेर विभिन्न कार्यक्रम गर्दै आइरहेको र यस बर्ष पनि निरन्तरता दिदै सप्ताहव्यापी कार्यक्रम गरी मनाउन लागेको जानकारी दिनु भयो । जसअनुसार माघ २८, २९ र फागुन १ गते अतिरिक्त खेलकुदका कार्यक्रम आयोजना गरेको बताउनुभयो । फागुन २ गते सरस्वती पुजाको दिन नयाँ भर्ना हुने विद्यार्थीलाई ६०% छुट सहित भर्ना गरिने बताउनुभयो । त्यस्तै फागुन ३ गते जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको जानकारी दिनु भयो । हाजिरी जवाफ प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद १० हजार, द्धितिय हुनेले नगद ७ हजार र तृतिय हुनेले नगद ५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रिन्सिपल कृष्ण गैरेले जानकारी दिनुभयो ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत फागुन ५ गते विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले तयार गरेको खाना महोत्सव, सोही दिन अभिभावकहरुबीच खेलकुदको आयोजना गरेको बताउनुभयो। बार्षिकोत्सवको अवसरमा अभिभावकहरुबीच भलिबल र महिला अभिभावक बीच कुर्ची दौड, घैटो फोर प्रतियोगिता आयोजना गरेको गैरेले जानकारी दिनु भयो । फागुन ५ गते नै स्वास्थ्य शिविरको समेत आयोजना गरेको जानकारी दिनुभयो।
यसैगरी फागुन ७ गते मुल समारोहमा विद्यार्थीहरुलाई शैक्षिक पुरस्कार वितरण तथा एसईईमा ३.८ + जिपिए ल्याउने विद्यार्थीहरुलाई नगद १० हजार सहित सम्मान गर्ने, ३.६+ जिपिए ल्याउने विद्यार्थीलाई नगद ५ हजार सहित सम्मान गर्ने प प्रिन्सिपल गैरेले जानकारी दिनुभयो।
विद्यालयका शिक्षक अनन्त भण्डारीको संचालनमा भएको पत्रकार भेटघाट कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकिशन अधिकारी, सहायक प्रिन्सिपल महेश भट्टराई, मा.वि ईन्चार्ज वेद सुर्यवंसी, +२ ईन्चार्ज विराट भुसाल लगायतको सहभागिता रहेको थियो ।