काठमाण्डौ ।
नेपालले क्यानडासँगको दोस्रो एकदिवसीय क्रीकेटमा ४ विकेटको जित निकाल्दै श्रृंखला आफ्नो पक्षमा पारेको छ । शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले तेस्रो खेलमा क्यानडालाई हराउँदै तीन खेलको श्रृंखलामा २-० को अग्रता बनाएको हो ।
नेपालको जितमा कप्तान रोहितकुमार पौडेल र देव खनालले एक सय ५० रनको साझेदारी गरे । त्रिवि क्रिकेट मैदानमा २८६ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याएको नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालले अब तेस्रो तथा अन्तिम खेल आगामी सोमबार खेल्ने छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??