एजेन्सी ।
दक्षिण भारतकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभु ७ महिनाको ब्रेकपछि काममा फर्किएकी छिन् । सामन्थाले एक भिडियो सेयर गर्दै आफ्नो पुनरागमनको घोषणा गरेकी छिन् । उनले अब हेल्थसम्बन्धी पोडकास्टमा काम गर्ने छिन् । अभिनेत्रीले आइतबार सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गरेकी थिइन् ।
यसमा उनले भनेकी छिन्, ‘हो, म काममा अलि ढिलो फर्किएँ…अन्ततः म धेरै दिनदेखि पूर्ण बेरोजगार थिएँ । अब म मेरो एक साथीसँग केी रमाइलो चिज गर्न जाँदै छु। यो एउटा हेल्थ पोडकास्ट हुनेछ । यो केही यस्तो छ, जुन मलाई साँच्चै मन परेको छ ।’ पोडकाष्ट अर्को हप्ता रिलिज हुन लागेकोले आफू निकै भावुक र उत्साहित भएको उनले बताइन् । यो पोडकाष्टमा काम गर्न आफूलाई निकै रमाइलो लागेको पनि उनले बताइन् ।
सामन्था अटो इम्युन कन्डिसन (मायोसाइटिस)बाट पीडित भएकी थिइन् । गएको वर्ष उनले यसबारे जानकारी दिएकी थिइन् । उपचारका लागि उनले कामबाट ब्रेक लिइन् । सामन्थाको पछिल्लो पटक रिलिज भएको फिल्म खुसी थियो । यो फिल्ममा उनी विजय देवरकोंडाको अपोजिट देखिएकी थिइन।
ब्रेकमा जानु अघि सामन्थाको अन्तिम फिल्म खुसी थियो जसमा उनी विजय देवरकोंडाको अपोजिट थिइन् । सामन्थाले वरुण धवनसँग ‘सिटाडेल’ वेब सिरिजमा काम गर्दैछिन् । ब्रेक लिनुअघि सामन्थाले गत वर्ष जुलाईसम्म यो वेब सिरिजको सुटिङ गरिरहेकी थिइन् । सामन्थाले ‘चेन्नई स्टोरीज’ पनि साइन गरेकी छिन् जुन उनको पहिलो विदेशी फिल्म हुनेछ ।