spot_img
spot_img
spot_img

ओलम्पिकमा छनोट हुन सकेन साविक विजेता ब्राजिल, महत्वपूर्ण खेलमा अर्जेन्टिनासँग हार्‍यो

spot_img

एजेन्सी ।

साविक विजेता ब्राजिल सन् २०२४ मा फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिक खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा छनोट हुन असफल भएको छ । छनोट चरणको महत्वपूर्ण खेलमा अर्जेन्टिनाले चिर प्रतिद्वन्द्वी ब्राजिललाई १–० गोलले हराएको हो ।

ब्राजिललाई हराउँदै अर्जेन्टिना भने पेरिस ओलम्पिकमा छनोट भएको छ । प्रतिस्पर्धात्मक खेलको ७७औँ मिनेटमा अर्जेन्टिनाका लागि लुसियानो गोन्डुले निर्णायक गोल गरेका थिए । ओलम्पिक खेलकुदको अघिल्लो संस्करणमा पुरुष फुटबलको उपाधि ब्राजिलले जितेको थियो ।

ब्राजिलले फाइनल खेलमा स्पेनलाई २–१ गोलले हराएको थियो । त्यसअघि सन् २०१६ मा भएको ओलम्पिक खेलकुदमा पनि पुरुष फुटबलको उपाधि ब्राजिलले नै जितेको थियो । त्यतिबेला फाइनल खेलमा ब्राजिलले जर्मनीलाई हराएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img