spot_img
spot_img
spot_img

प्रहरीको शरणमा ‘महाभारत’का ‘कृष्ण’

spot_img

काठमाण्डौ ।

भारतीय टेलिभिजन सिरियल ‘महाभारत’मा ‘भगवान् कृष्ण’को भूमिका निभाएका अभिनेता नितिश भारद्वाज आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा आएका छन्। उनले आफूमाथि आफ्नी पूर्व श्रीमती आईएएस स्मिता भारद्वाजले मानसिक यातना दिएको को आरोप लगाएका छन् । उनको यो आरोपले जोकोही चकित भएका छन।

नितिशले पूर्व पत्नीविरुद्ध भोपाल प्रहरीका कमिश्नर हरिनारायणाचारी मिश्रलाई इमेल गर्दै उजुरी दिएका छन्। उनले उजुरीमा आफ्ना दुई छोरीलाई स्मिताले भेट्न नदिएको उल्लेख गरेका छन् । नितिशका दुई जुम्ल्याहा छोरी छन् । अभिनेताको उजुरीपछि प्रहरीले अनुसन्धानको आदेश दिएको छ । प्रहरी कमिश्नर मिश्रले आफूले नितिशको पत्र पाएको पुष्टि गरेका छन् ।

नितिशले सन् २००९ मा स्मितासँग विवाह गरेका थिए । स्मिता र नितिशको यो दोस्रो विवाह थियो । दुवैको भेट केही साथीभाइमाझ भएको थियो । जुन भेटपछि उनीहरूको दोस्ती र प्रेम बस्यो । कमै भेटमा दुवैले विवाह गर्ने निर्णय लिए । तर उनीहरूको वैवाहिक सम्बन्ध लामो समय टिक्न पाएन । विवाहको १२ वर्षपछि अर्थात् सन् २०२२ मा दुवैले सम्बन्ध विच्छेद गरे । यद्यपि उनीहरू सन् २०१९ मै अलग्गिएका थिए ।

-एजेन्सी/अमर उजाला

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img