spot_img
spot_img
spot_img

रुपन्देहीको देवदहमा युथ समिट १० बुदे घोषणापत्र जारी गर्दै सम्पन्न

spot_img

देवदह ।

रुपन्देहीको देवदहमा युथ समिट–२०८० सम्पन्न भएको छ । कार्यक्रम  डिजिटल पत्रिका सेतोमसीको आयोजना र समृद्ध समुदाय विकास केन्द्रको सहयोगमा युवा नीति, कार्यान्वयनमा चुनौती विषय र युवा उद्यमशिलताको लागि नीति निर्माण विषयमा बहस गरी दुई सेसनमा सम्पन्न भएको हो । सो बहस कार्यक्रममा जवाफ दिनेहरुले रोजगार सृजना गर्ने गरी नीति निर्माण हुन नसकेको बताएका थिए । कार्यक्रममा युवाहरूको सोंचमा परिवर्तन गर्न आवश्यक रहेकोमा समेत जोड दिईएको थियो ।

युवाका सवाल विशेष प्यानलमा छलफल सहित १० बुँदे देवदह घोषणा पत्र जारी गरिएको छ । जसमा युवा र सरोकारवालाको सहभागितामा युवाहरुको अपनत्व हुने गरी लुम्बिनी प्रदेश युवा नीति र देवदह नगरपालिकाको युवा नीति तथा कार्यक्रम जारी गर्नका लागि विशेष पहल गर्ने, स्थानीय र प्रदेश सरकारको योजना तथा नीति निर्माणमा युवाहरुको सहभागिता तथा भूमिका विषयमा सरकारका प्रतिनिधि संग संवाद गर्ने र त्यसको कार्यान्वयनका निम्ति सक्रिय रुपमा युवाहरु परिचालन गर्ने, युवाहरुको सहभागितालाई संस्थागत सुनिश्चितता गर्न पालिकामा युवामैत्री स्थानीय शासन लागु गर्न पहल गर्ने उल्लेख गरिएको छ ।

देवदह नगरपालिका प्रवक्ता गणेश डुम्रेले युवाहरुलाई उद्यमशिलतासंग जोड्नको लागि देवदह नगरपालिकाले ५० लाख बजेट विनियोजन गरेपनि अहिलेसम्म कसैले निवेदन नदिएको बताए । नगरपालिकाले विकासमा विभेद नगरेको बताउदै प्रवक्ता डुम्रेले युवामैत्री बजेटको लागि आफुले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सञ्चारकर्मी पवन पौडेल र टंक सुनारद्वारा सहजीकरण गरिएको कार्यक्रममा अधिकारकर्मी शान्ति विक, देवदह उद्योग बाणिज्य संघका अध्यक्ष हरि भण्डारी वक्ताको रुपमा रहेका थिए भने कार्यक्रम समृद्ध समुदाय विकास केन्द्रका अध्यक्ष ठाकुर गैरेको अध्यक्षता र सेतोमसीका सम्पादक विष्णुप्रसाद पोखरेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img