देवदह ।
रुपन्देहीको देवदहमा दलित समुदाय नेतृत्व विकास तालिम सम्पन्न भएको छ। देवदह नगरपालिकाको अयोजना र देवदह सामुदायिक विकास तथा सिकाई केन्द्रको सह-आयोजनामा दलित समुदाय नेतृत्व विकास तालिम सम्पन्न भएको हो।
तालिममा देवदह नगरपालिकाका १२ वटा वडा बाट ५० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो। तालिमको सहजीकरण प्रशिक्षक निर्मल नेपाली र नानिमैया वलीले गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि देवदह ६ का वडा अध्यक्ष खेम बहादुर थापाले बोल्दै सफलता हासिल गर्नका लागि निरन्तर रुपमा लाग्नुपर्नेमा जोड दिनुभयो। संबिधानमा कुनै पनि किसिमको जातिय, लैंगिक, वर्गीय, धार्मिक विभेद निषेध गरिएकोले देशका सबै नागरिकले समान किसिमले हक अधिकार प्राप्तिका लागि बन्देज नहुने वडा अध्यक्ष थापाको भनाई रहेको थियो।
तालिम समापन कार्यक्रममा कार्यपालिका सदस्य कुमार नेपाली, वडा नम्बर २ का वडा सदस्य ण प्रसाद न्यौपाने, प्रशिक्षक निर्मल नेपाली, सिकाई केन्द्रका सचिव गोमु विक लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो।समापन कार्यक्रम देवदह नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीको अध्यक्षता र राज किशाेर हरिजन संचालनमा सम्पन्न भएको थियो।