spot_img
spot_img
spot_img

भारतको प्रविधि क्षेत्रमा ६० हजार रोजगारी थपिने

spot_img

काठमाण्डौ ।

आर्थिक वर्ष २०२३–२४ मा भारतको प्रविधि क्षत्रेमा ६० हजार नयाँ रोजगारी थपिने अनुमान गरिएको छ । योसँगै यस क्षेत्रमा कार्यरत कूल कर्मचारीको सङ्ख्या ५४ लाख ३० हजार पुग्नेछ । तर थपिएको यो रोजगारी अघिल्लो आवको तुलनामा निकै कम हो । आव २०२२÷२३ मा यस क्षेत्रले २ लाख ७० हजार रोजगारी सृजना गरेको थियो । अमेरिका र युरोप लगायत मुख्य बजारमा बृहत् आर्थिक सुस्तीका कारण माग घटेको छ । यस्तोमा भारतको आइटी उद्योगको रोजगारीको अवस्था पनि प्रभावित भइरहेको छ ।

भारतको आइटी सेवा उद्योगको आकार करिब २ खर्ब ५० अर्ब डलर बराबरको छ । कूलमध्ये ६० देखि ८० प्रतिशत आम्दानीको स्रोत उत्तर अमेरिका र युरोप हो । कोभिडको बेलामा आइटी क्षेत्रमा अति नै धेरै रोजगारी सृजना भयो । यतिबेला केही हदसम्म करेक्सन देखिन थालेको विश्लेषकहरू बताउँछन् ।

एजेन्सी ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img