काठमाडौं ।
आज मंगलबार शेयर बजार सामान्य अंकले रातो मात्र रहेर बन्द भएको छ । कारोबार भएका मध्ये बहुसंख्यक उचसूचक रातो रहेको बजारमा विकास बैक, वित्त, उत्पादन र अन्य समूह सामान्य अंकले उकालो लाग्दा अरु समूह ओरालो लागेका छन् ।
यो साता पहिलो कारोबारमा आइतबार २७ अंकले घटेर २ हजार ३४ को बिन्दुमा झरेको बजार मंगलबार १ दशमलव ७६ अंकले घटेर २ हजार ३३ बिन्दुमा पुगेको छ। ९० कम्पनीको मात्र शेयर मूल्य बढ्दा १ सय ५० कम्पनीको शेयर मूल्य घटेको छ र यसदिन ३ सय १४ कम्पनीको ९५ लाख कित्ता शेयर ३ अर्ब ११ करोड ३५ लाख रुपैयाँ बरबबरमा किनबेच भएको नेप्सेले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??