काठमाण्डौ ।
राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनालगायत ४० बुँदे माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबार काठमाडौंमा जनप्रदर्शन गरेको छ । राजसंस्था र हिन्दू राष्ट्र पुनस्थापना, प्रदेश संरचनाको खारेजी र अधिकारप्राप्त स्थानीय तह, दुई तहको सरकार, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूतिका, राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह, जनजिविकाको ग्यारेन्टीलगायतका ४० बुँदे माग प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएर राप्रपाले विरोध प्रदर्शन गरेको हो ।
यस्तै देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत पनि राप्रपाले ४० बुँदे मागपत्र बुझाएको छ । ज्ञापनपत्र बुझाएपछि सबै जिल्लामा जनप्रदर्शन तथा सभा आयोजना गरिएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??