spot_img
spot_img
spot_img

जिल्ला अदालतको मुद्दाविरुद्ध सन्दीपले गरे उच्चमा पुनरावेदन मुद्दा दर्ता

spot_img

काठमाण्डौ ।

सन्दीप लामिछानेले जिल्ला अदालत काठमाडौंको मुद्दाविरुद्ध पुनरावेदन मुद्धा दर्ता गरेका छन । पुनरावेदन दिएसँगै उनी तत्काल जेल जानु नपर्ने भएको छ । कानूनी व्यवस्था अनुसार उच्च अदालत पाटनबाट सन्दीपले जेल बाहिर बस्न मुद्दा लड्न  मुद्दा दर्तासँगै उच्च अदालतका रजिस्टारले उनलाई जेल बाहिर बसेर मुद्दा लड्न अनुमति दिएको स्रोतले बतायो ।

मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ अनुसार सन्दीपले यस्तो अनुमति पाएका हुन् । जसअनुसार १० वर्षभन्दा कम कैद सजायमा ‘थुनामा नबसी मुद्दाको पुनरावेदन गर्न पाउँ’ भनि निवेदन दिन सकिन्छ । पुनरावेदन सुन्ने अदालतका रजिस्टारले यस्तो अनुमति दिन सक्ने व्यवस्था छ ।

पुनरावेदनपछि सन्दीपका कानून व्यवसायी सरोज घिमिरेले फैसला चित्त नबुझेर पुनरावेदनमा गएको बताए। जिल्ला अदालतले दोषि ठहर गरे पनि कुनै पनि तथ्य प्रमाणबाट यो पुष्टि हुन नसक्ने उनको भनाइ छ । उच्चले न्याय दिनेमा पूर्ण विश्वास रहेको उनले बताए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img