काठमाडौं ।
नेकपा (माओवादी केन्द्र)ले चैत्र १ गतेदेखि तराई-मधेश जागरण अभियान सञ्चालन गर्ने भएको छ । आज बिहिबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले चैत्र १ गतेदेखी जागरण अभियान चलाउने निर्णय गरेको हो ।
बैठकले अभियानको वर्गीकरण र मूल्यांकन, आउँदो अभियानको तयारी, संगठनात्मक कार्यविभाजन, विभिन्न विभागबारे सुदूरपश्चिममा दलको नेताबारे एजेण्डामा छलफल भएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताउनुभयो ।
उहाँले बैठकमा माओवादी विशेष रुपान्तरण अभियानका क्रममा धेरै खट्नेलाई सम्मानपत्र दिने र काम नगर्नेलाई कारबाही गर्ने निर्णय भएको बताउनुभयो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??