spot_img
spot_img
spot_img

पानीमा बस्ने एउटा जीवको झन्डै २४ करोड वर्ष पुरानो जीवाश्म फेला

spot_img

एजेन्सी ।

पानीमा बस्ने एउटा जीवको झन्डै २४ करोड वर्ष पुरानो नयाँ जीवाश्म फेला परेको वैज्ञानिकहरूले बताएका छन्।वैज्ञानिकहरूका अनुसार पाँच मिटर लामो सरीसृपको जीवाश्म सग्लो अवस्थामा फेला परेको छ । गर्धन निकै लामो भएकाले यसलाई ड्रागन उपनाम दिइएको छ । याे प्रजाति सन् २००३ मा पत्ता लागेको थियो ।

अहिले फेला परेको जीवाश्मले वैज्ञानिकहरूलाई अनौठो देखिने प्रागैतिहासिक जीवको पूर्ण शारीरिक संरचना कस्तो थियो भन्ने जान्न अवसर दिएको बीबीसीले जनाएको छ।

वैज्ञानिकहरूले पहिलो पटक त्यस्तो सग्लो अवशेष देख्न पाएका नेशनल म्युजिएम्स स्कटल्यान्डका डाक्टर निक फ्रेजरले बताउनुभयो । यो जीवाश्म दक्षिणी चीनमा प्राचीन चुनढुङ्गा भएको ठाउँमा फेला परेको हो । यो जीवबारे वर्णन गरिएको एउट शोधपत्र एक जर्नलमा भर्खरै प्रकाशित भएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img