एजेन्सी ।
सत्तारुढ कम्बोडियन पिपुल्स पार्टी (सीपीपी) ले आइतबार सिनेट वा माथिल्लो सदनका लागि पाँचौं चुनावमा ८० प्रतिशत जित हासिल गरेको छ । सीपीपीका प्रवक्ता सोक इसानले प्रारम्भिक नतिजालाई उद्धृत गर्दै सीपीपीले निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गरेको बताउनु भयो ।
सीपीपीले सिनेटका ५८ सिनेटमध्ये कम्तीमा ५० वा कुल मतको ८० प्रतिशतभन्दा बढी सिट जितेको उहाँको दाबी छ । सीपीपीका ७१ वर्षीय अध्यक्ष पूर्वप्रधानमन्त्री सम्देच टेको हुन सेनले निर्वाचनपछि सिनेटको अध्यक्षको जिम्मेवारी सम्हाल्ने उहाँको भनाइ छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??