spot_img
spot_img
spot_img

गठबन्धन सरकारकै कारण मुलुकमा आर्थिक क्रियाकलाप ठप्प बनेको एमाले उपाध्यक्ष पौडेलको भनाई

spot_img

बुटवल ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकारकै कारण मुलुकमा आर्थिक क्रियाकलाप ठप्प भएको बताउनुभएको छ। यसअघि सरकारले थालेका महत्वपूर्ण आयोजनाको बजेट कटौती गरेर अस्तव्यस्त पारेको, आन्तरिक सुशासनलाई पूरै बेवास्ता गरेको उहाँको आरोप छ ।

बुटवलको नहरपुर माविमा भारतीय सरकारको सहयोगमा निर्मित भवनको आइतबार उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले जनताको समृद्धिको चाहना रोक्ने सरकारका गलत कामका विरूद्ध पार्टीले सदन र सडकबाट खबरदारी गर्नुको विकल्प नभएको बताउनु भयो ।

‘सरकारकै कारण आर्थिक गतिविधि संकटोन्मुख भएको छ’, पौडेलले भन्नुभयो, ‘राष्ट्रियता अत्यन्त कमजोर, सुशासन कमजोर छ । विकासप्रति सरकारको चासो नै छैन । चालू भएका आयोजनामा बजेट काटेको छ । थप कुनै योजना, आयोजना छैनन् । यो सरकारले मुलुकलाई असफलताको दिशातिर धकेलेको छ । अब सरकारको असफलता प्रमुख प्रतिपक्ष दलले हेरेर बस्दैन । सदन र सडकबाट दह्रो खबरदारी गर्छ ।’ बुटवलमा विकासका ठूला पूर्वाधार बनिसकेकोले अब आफ्नो ध्यान मानवीय विकासतर्फ केन्द्रित हुने पौडेलको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘बुटवल-नारायणगढ सडक निर्माणमा ढिलासुस्ती भएको छ । यसलाई खबरदारी गर्नु छ । बुटवल-चन्द्रौटा अब बन्ने सडक समयमा सम्पन्न होस् भन्ने हाम्रो चाहना हो ।’पौडेलसँगै भारतीय राजदूत नवीन श्रीवास्तवले विद्यालय भवनको संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img