spot_img
spot_img
spot_img

भजनशिराेमणि गायक तथा सङ्गीतकार भक्तराज आचार्यकाे निधन

spot_img

काठमाण्डौ ।

भजनशिराेमणि गायक तथा सङ्गीतकार भक्तराज आचार्यकाे निधन भएकाे छ । विगत केही समयदेखि बिरामी आचार्यलाई उपचारका लागि ललितपुरकाे नख्खुमा रहेकाे मेडिसिटी अस्पताल लैजाँदै गर्दा बाटोमा नै निधन भएको हो । उनको ८२ वर्षकाे उमेरमा निधन भएको हो।

उनको शव भोलि बिहान अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ९ बजे सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ । आचार्यले मुटु जलिरहेछ, हजार सपनाको माया लागेर आउँछ, जति चाेट दिन्छ्याै देऊ मायालु, माया मेरी साँझ बनी जस्ता गीतहरू गाउनुभएकाे छ । साथै उहाँले थुप्रै भजन, राष्ट्रिय गीत पनि गाउनुभएकाे छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img