spot_img
spot_img
spot_img

२०८० फाल्गुन १५ गते मंगलबारको राशिफल

spot_img

मेष : दिनको सुरुवात संगै केही काममा समस्या देखिन सक्छ। स्वास्थ्य सम्बन्धि समस्याले सताउदा उर्जाको कमि हुनेछ। धन प्राप्तीका लागि भने योग बलियो देखिएको छ।यात्रामा भने कष्ट हुने योग रहेको छ।

बृष: प्रेम प्रस्ताव आउनसक्ने तथा सम्बन्ध सुमधुर हुनुका साथै समस्याहरु हट्ने देखिएको छ।विद्यार्थीहरुका लागि समय उत्तम रहेको छ। तालिम तथा अन्तरक्रियात्मक कार्यमा दिन बित्नेछ।

मिथुन: मनको अस्थिरताले दुखी बनाउन सक्छ। अनेक शंका तथा भयका कारण काममा समस्या आउन सक्छ। परिवारमा अशान्ती हुनसक्ने तथा झन्झटिला काम परिनसक्छ ।

कर्कट : वैदेशिक कार्यमा सफलता हात पर्ने योग बनेको छ। रोजगारी को अवसर मिल्न सक्छ। नयाँ कुरा सिक्ने मौका मिल्नुका साथै साङ्गितिक एवम संस्कृतिक कार्यक्रममा सरिक हुने मौका मिल्नेछ।

सिंह : रचनात्मक समय रहेकाले नयाँ कार्य थालनीमा मद्दत मिल्ने देखिन्छ।आयाआर्जनमा वृद्धि हुनुका साथै पारिवारिक भेटघाटमा समय बित्ने देखिन्छ।ऋण वा सापटी दिनाले अनावश्यक समस्या ल्याउन सक्नेछ निकै बिचार गर्नु पर्ने देखिन्छ।

कन्या: जिम्मेवारी थपिने छ भने नयाँ कार्य योजना निर्माणका कार्य मा ब्यस्त हुने समय देखिएको छ।प्रशासनिक क्षेत्रमा समय बित्ने छ।कार्यक्षेत्रमा राम्रो फाईदा मिल्नेछ भने आफ्नो लामो समय देखि रोकिएको काम पुरा हुने योग छ।

तुला: कसैका बिषयमा बिल्दा अनावश्यक झमेला आउन सक्छ। यात्राको प्रबल योग बनेको छ। साथिभाई जमघट तथा केही पुराना स्थानको अवलोकन हुन सक्छ।स्वास्थ्यमा बिशेष ख्याल गर्नु होला।

बृश्चिक : जग्गा जमिनको काममा केही राम्रो फल प्राप्त हुनेछ। कसैलाई बिदाई गर्नु वा कसैको स्वागतमा समय बित्ने देखिन्छ। पूरा मित्रजन संग राम्रो बिषयमा सल्लाह हुनसक्छ।

धनु: कार्यक्षेत्रको अवरोध हटेर जाने छ। राजनीतिक तथा सामाजिक कार्यक्रममा सहभागीताका लागि विशेष निमन्त्रणा प्राप्त हुनसक्छ।दिनको अन्त्यमा यात्राको योग बन्नेछ भने काममा समय ब्यबस्थापन गर्न निकै कठिन हुन सक्छ।

मकर: वैदेशिक रोजगारीका लागि उत्तम समय रहेको छ। दिन बलियो हुदा कुनै विशेष कार्यको लागि विशेष ब्यक्तीहरु संगको भेटघाट उपलब्धि मूलक बन्न सक्छ।धार्मिक ब्यक्तीको सहयोग मिल्ने योग बनेको छ।

कुम्भ: अनावश्यक यात्राले मन अशान्त बनाउन सक्छ।चोरी एवम धन नोक्सानी को योग हुदा विशेष ध्यानदिनु पर्ने देखिएको छ। कसैको दुर्घटनाको खबर सुन्नु पर्नेछ भने हराएका कुरा प्राप्त हुन सक्ने योग बनेको छ।

मीन : साझेदारीको कार्यमा एक्दमै राम्रो फाईदा हुनसक्ने योग बनेको छ।दिनको मध्यमा भने स्वास्थ्यमा अस्थिरता देखिन सक्छ।कागज पत्र सम्बन्धिका काममा ढिला हुन सक्छ भने आफन्तजनको सहयोगले काम बन्नेछ।

नोट: राशीफल भनेको राशिहरुको भाव अवस्था तथा विभिन्न भाव एवम राशीमा बसेकाग्रहको अवस्थालाई हेरेर लिखिने/ भनिने भएकाले जीवनमा हुबहु नमिल्न सक्छ। हाम्रो जिवनलाई नितान्त कर्मले बदल्ने भएको हुँदा कर्म गर्न भने छोड्नु हुदैन। राशी भन्दा बिशेष जन्मकुण्डली स्थित ग्रहको अवस्था हुने भएकाले थपजानकारीका लागि नजिकै चिनेका जानेका ज्योतिष संग उचित परामर्श लिदै सकारात्मक सोचका साथ अगाडि बढ्न सबैमा अनुरोध गरिन्छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img