देवदह ।
देवदह नगरपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित केही वडा अध्यक्ष र नगरसभा सदस्यहरुले देवदह नगरपालिकाभित्र गरेको अपराधिक गतिविधिप्रति देवदह नगरपालिकाले गम्भिर ध्यानाकर्षण गराएको छ ।
देवदह नगरपालिकाको कार्यालयमा सोमबार बिहान साढे ११ बजेतिर देवदह १० का वडाअध्यक्ष एकबहादुर सुनार र ९ का अध्यक्ष मोहन जिसीको नेतृत्वमा नेपाली काङ्ग्रेसवाट निर्वाचित वडा अध्यक्षहरु, नगरसभा सदस्यहरुले गरेको अराजक गतिविधिको विरोध गर्दै नगरपालिकाद्धारा विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा नेपाली काँग्रेसका निर्वाचित वडा अध्यक्ष तथा सदस्यहरुले देवदह नगरपालिकामा प्रवेश गरी प्रेस विज्ञप्ती जारी गर्ने नाममा पदिय मर्यादा विपरित नियोजित रुपमा अपराधीक घटना घटाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
विज्ञप्तिमा निर्वाचित जनप्रतिनिधिले अनुशासित र मर्यादित रुपमा असहमतिका विषयहरु राखुपर्नेमा अराजक शैलीमा फौजदारी अपराध संहिताले बन्देज लगाएका कामहरु गर्ने, प्रमुख प्रशासकिय अधिकृतलाई पटक–पटक फोनमा धम्काउने, अपमान गर्ने, कार्यकक्षमा अराजक शैलिमा प्रवेश गरि सार्वजनिक सम्पत्तिको तोडफोड गर्ने, हातपात गर्ने, हुलहुज्जत गर्ने लगायतका अपराधीक उपद्र कार्यप्रती देवदह नगरपालिका परिवारद्धारा घोर भत्सर्ना गरेको उल्लेख गरिएको छ ।
नगर प्रवक्ता गणेश डुम्रेद्धारा जारी विज्ञप्तिमा घटनामा संलग्नलाई कानुन बमोजिम हदै सम्मको कारवाहीको माग गर्दै आगामी दिनमा यस प्रकारका अराजक गतिविधि नगर्न नगराउन सम्बन्धित पक्षलाई सचेत गराउनुका साथै आम देवदहवासी संयम, एकतावद्ध र धैर्य रहन तथा नगरपालिकाका सम्पूर्ण कर्मचारीवर्ग हतोत्साहित नहुन समेत अपिल गरिएको छ ।