काठमाडौं ।
शेयर बजारमा मंगलबार आज पनि सामान्य अंकले सुधार आएको छ । उतार चढावकाबीच ९ अंकले बजार उकालो लाग्दा बजार परिसूचक नेप्सेले दुई हजारको बिन्दु पार गरेको हो । १३ वटा उपसमुहरु मध्ये आधा हरियो आधा रातो रहँदा कारोबार रकम भने दुई अर्ब तलै रहेको हो ।
बैक, जलविद्युत, उत्पादन, लघुवित्त, निर्जिबन वीमा र व्यापार समूह सामान्य अंकले बढ्दा वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बिमा र अन्य समूह ओरालो लागेका छन् ।
१ सय ४३ वटा कम्पनीको शेयर मूल्य बढ्दा ८८ वटा कम्पनीको घटेको छ भने ३ सय ८ कम्पनीको ५२ लाख कित्ता शेयर १ अर्ब ८६ करोड बराबरमा किनबेच भएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??