spot_img
spot_img
spot_img

लेनोभोले ल्यायो आरपार देखिने डिस्प्ले भएको ल्यापटप

spot_img

एजेन्सी ।

चिनियाँ ल्यापटप निर्माता कम्पनी लेनोभोल आरपार देखिने डिस्प्ले भएको ल्यापटप ल्याएको छ । यो ल्यापटप विश्वकै पहिलो पारदर्शी ल्यापटप भएको दाबी गरिएको छ । कम्पनीले मोबाइल वर्ल्ड कंग्रेस २०२४ मा यो ल्यापटप सार्वजनिक गरेको थियो । ल्यापटपको किबोर्ड पनि पारदर्शी नै छ । ल्यापटपमा १७ दशमलव ३ इन्चको बोर्डरलेस स्क्रिन छ ।

यसमा पिक्सेललाई ब्ल्याक कलरमा सेट गर्दा ५५ प्रतिशतसम्म पारदर्शी हुनेछ । पिक्सेल बढ्दै जाँदा डिस्प्लेको पारदर्शीता घट्छ । द भर्जका अनुसार कन्सेप्ट ल्यापटपमा १ हजार निट्सको पीक ब्राइटनेस र ७२० पिक्सेल डिस्प्ले छ ।यो ल्यापटपमा एमोलेड प्यानल छैन । यसको ठाउँमा माइक्रो एलईडी डिस्प्ले छ ।

यो ल्यापटपमा राखिएको हार्डवेयरबारे लेनोभोले कुनै जानकारी दिएको छैन । तर यो ल्यापटप विन्डोज ११ अपरेटिङ सिष्टममा चल्ने अनुमान गरिएको छ । ल्यापटप हिले नै बजारमा आइसकेको छैन । कहिलेदेखि यसको व्यावसायिक उत्पादन हुन्छ भन्नेबारे कम्पनीले केहीपनि बताएको छैन । तर पाँच वर्षमा बजारमा आउन सक्ने अनुमान गरिएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img