spot_img
spot_img
spot_img

उज्बेकिस्तानमा कफ सिरप काण्डमा २१ जनालाई जेल सजाय

spot_img

एजेन्सी ।

विषाक्त कफ सिरप सेवनका कारण ६८ जना बालबालिकाको मृत्यु भएको मामिलामा उज्बेकिस्तानको सर्वोच्च अदालतले २१ जनालाई जेल सजाय सुनाएको छ । सोमबार अदालतले विषाक्त कफ सिरप काण्डमा दोषी ठहर भएका ती २१ जनालाई २०/२० वर्षको जेल सजाय सुनाएको हो ।

यिनीहरूलाई भ्रष्टाचार, धोखाधडी, लापरवाही र जालसाझीको मामिलामा अदालतले दोषी ठहर गरेको थियो । सजाय पाउनेमा भारतीय व्यवसायी राघवेन्द्र प्रताप पनि भएको  बताइएको छ । सन् २०२२ देखि सन् २०२३ को बीचमा उज्बेकिस्तानमा कम्तीमा पनि ८६ जना बालबालिकाहरूले विषाक्त कफ सिरप खुवाइएको थियो । यीमध्ये ६८ जना बालबालिकाको मृत्यु भएको थियो । विषाक्त औषधि भारतको फर्मा कम्पनी मेरियन बायोटेकले बनाएको थियो ।

डब्ल्यूएचओले सिरपबारे जारी गरेको थियो अलर्ट

मेरियन बायोटेकको एम्ब्रोनोल सिरप र डीओके–१ म्याक्स नाम गरेका खोकीको दुईवटा झोल औषधि बालबालिकालाई सेवनका लागि दिन नहुने भन्दै जनवरी २०२३ मा  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) अलर्ट नै जारी गरेको थियो । यो मामिला बाहिर आएपछि भारत सरकारले सन् २०२३ को मार्चमा मेरियन बायोटेकको उत्पादन लाइसेन्स नै रद्द गरिदिएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img