spot_img
spot_img
spot_img

एक्समा १० लाख जागिरको विवरण प्रकाशित

spot_img

एजेन्सी ।

माइक्रो ब्लगिङ साइट एक्सको मालिक भएसँगै अर्बपति एलन मस्कको नजर माइक्रोसफ्टको सोसल मिडिया प्लाटर्फम लिंक्डइन माथि छ । यद्यपि मस्कले लिंक्डइनलाई खरिद गर्ने योजना बनाइरहेका छैनन्, उसलाई माथ खुवाउने ध्येय छ उनको ।

वास्तवमा एलन मस्क विभिन्न विश्वप्रसिद्ध प्रविधि कम्पनीहरुका मालिक मात्र होइनन् सबैभन्दा लडहवाज मानिस पनि हुन् । एलन मस्कले बेलाबेलामा यस्ता निर्णयहरु गर्छन् जसबाट आम मानिसहरु छक्क पर्नुको विकल्प हुँदैन । निकै महँगो मूल्यमा ट्वीटर खरिद गरेसँगै उनले यसको लोकप्रिय ब्राण्डलाई नै परिवर्तन गरी एक्स नामाकरण गरे । उनले एक्स प्लाटर्फमलाई एभ्रिथिंग एप बनाउने योजनामा छन् ।

उनी एक्सलाई आम मानिसहरुको जागिर खोज्ने ठाउँ पनि बनाउन चाहन्छन् । यसका लागि एक्स हायरिंग अकाउन्ट नै सुरुआत गरिएको छ । एलन मस्कले एक्स हायरिंग अकाउन्टमा एउटा यस्तो पोस्टलाई रिपोस्ट गरेका छन् जसमा दाबी गरिएको छ कि एक्समा जागिरका लागि सूचना तथा विवरण राख्ने कार्यमा कम्पनीहरुको रुची बढिरहेको छ ।

सो पोस्टमा दाबी गरिए अनुसार एक्स हायरिंगमा हालसमम १० लाख जागिरको विवरण प्रकाशित भैसकेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img