काठमाण्डौ ।
आफूलाई अभियन्ता बताउँने शर्मिला वाइवालाई चार दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ । व्यक्तिगत विषयहरुमा सामाजिक सञ्जालमार्फत टिप्पणी गर्ने वाईवालाई जिल्ला अदालत, काठमाडौंले कुटपिट र अंगभंग गरेको कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको प्रहरीले बताएको छ ।
घरायसी विवादमा उनले युट्युबर समेत लिएर व्यक्तिगत गोपनियतामा प्रवेश गरेको र कुटपिट समेत गरेको भन्दै खतिवडाले जाहेरी दिएका थिए । पक्राउ परेपछि आफूले कुटपिट नगरेको दाबी वाइवाले गरेकी छन् ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??