काठमाण्डाै ।
आज र भोली देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज र भोली देशका केही ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
गय राति नेपालको पश्चिमी क्षेत्र हुँदै प्रवेश गरेको प्रणालीले आज पश्चिमी र भोली आइतवार पूर्वी भेगका धेरै ठाउँमा सामान्य वर्षा र हिमाली क्षेत्रमा हिमपात गराउने सम्भावना रहेको महाखाशाले प्रि–मनसुन विशेष बुलेटिन जारी जानकारी गराएको छ। सोमवारदेखि मौसम सुधार हुँदै जाने मौसमविदको भनाई छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??