spot_img
spot_img
spot_img

उज्यालो लाल्टिनको अध्यक्षमा समज्ञा अधिकारी निर्वाचित

spot_img

देवदह ।

रुपन्देहीको देवदहमा सामाजिक काम गर्दै आइरहेको युवा हरुको समुह उज्यालो लाल्टिन प्रतिष्ठान, रुपन्देहीको नवौं साधारण सभा तथा पाचौं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले समज्ञा अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ।

समितिको उपाध्यक्षमा सुरज भण्डारी, सचिव यमुना गैरे, सह सचिव विराट भुषाल, कोषाध्यक्ष अस्मिता बलाल रहेका छन्। समितिका सदस्यहरुमा एलिना हमाल, आस्था विक, सृष्टि भण्डारी, रेनुका थारु, उर्मिला ज्ञवाली र सोनी भण्डारी रहेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दौ लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बिगत ८ बर्षदेखि अनेकौं चुनौतीहरुको सामनाका बाबजुद समुदायको पक्षमा उभिएर बिसङ्गति र कुरितिको विरुद्धमा लड्दै आएको उज्यालो आफैमा एक उदाहरण अभियान रहेको र उज्यालोको स्थापना कालदेखिनै थालनि गरेको नविनतम सस्कार अनुकरणीय रहेको र आगामी दिनमा पनि समाजले उज्यालोको प्रयास र योगदानको अपेक्षा राखेको बताउनुभयो।

त्यस्तै संस्थाका सस्थापक अध्यक्षको सोतन्त्र नेपालले सामाजिक कार्य र समाजसेवा भनेको एक भावना रहेको र यो भावनालाई सधैव जिवित राख्नु पर्ने, समाजका हरेक सभ्य नागरिकले समाजको लागि योगदान गरेको खण्डमा समाजको सौर्न्दर्यतालाइ कायम राख्न सकिने बताउनु भयो।

यसैगरी निवर्तमान अध्यक्ष सागर भट्टराईले कोभिड पछिको अस्थिर मानसिकतालाई समेटेर समाजको हितमा प्रतिबद्ध गराउन निकै चुनौतीपूर्ण रहेतापनि ढृड संकल्पका अगाडी चुनौतीको उचाई सधैंव सानो हुने यथार्थलाई आत्मसात गर्दै उज्यालोको अभियानमा जोडिनु हुने सम्पुर्ण प्रति कृतज्ञता व्यक्त गर्दै सामाजका लागि योगदान र प्रेमको भावनालाई सधैंव उज्यालो राख्नुपर्ने बताउनु भयो।

कार्यक्रममा सर्वोच्च अदालतको उपसचिव प्रेमनारायण पराजुली, समाजसेवी लिला बल्लभ भट्टराई, सरस्वती बस्याल, देपेश विक्रम मल्ल, पवन पौडेल, श्याम थापा, गोपाल पाण्डे, डा. आविष्कार पराजुली, दिपक चापागाईं लगाएतले बोल्दै यस क्षेत्रकै एक उदाहरणका रुपमा लामो समयदेखि परोपकारि कार्य गर्दै आएको उज्यालोले बिगतमा दिनमा सम्पन्न गरेका अनेकौं कार्यक्रमहरुले सभ्य समाज र आदर्श नागरिक निर्माणका लागि साच्चिकै कोशे ढुङ्गाको रुपमा सावित भएको बताएका थिए । उज्यालोले समाजको कयौं अध्यारो पक्षलाई उजागर गर्दै उज्यालो छर्ने काम गरेको बताएका थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img